Sagun Khabar
दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ का प्रेमसिंह बुढाथाकी र लेकम गाउँपालिका–१ का एक नाबालक रहेका छन् । 

बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो । यस्तै नाबालकलाई चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना १२ दिन कैद सजाय सुनाइएको थियो । 

सोमबार पक्राउ परेका दुवै जनालाई मंगलबार कारवाहीका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update