Sagun Khabar
स्वयंसेवक शिक्षकको रुपमा अपिहिमाल गाउँपालिकामा जर्मन नागरिक आउँदै 

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा दुईजना जर्मन नागरिक आउने भएका छन् । 

गाउँपालिकास्थित खण्डेश्वरी माविमा अध्यापनका लागि केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा दुई जना जर्मन नागरिक आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जर्मन नागरिक इन्मा र इभा केही समय अपिहिमाल पुग्ने उनले बताए । दुवै जनाले खण्डेश्वरी माविमा स्वयंसेवक शिक्षकको रुपमा काम गर्ने अध्यक्ष बोहराले बताए । 

यसले शिक्षा क्षेत्रमा विदेश स्वयंसेवक शिक्षक भित्र्याउन सहज हुने गाउँपालिका अध्यक्ष बोहराको भनाइ छ । शिक्षा क्षेत्रको विकासका लागि यसले सहयोग पुर्याउने समेत अध्यक्ष बोहराले दाबी गरे । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update