Sagun Khabar
भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु 

दार्चुला –दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुहुँ गाउँपालिका–२ गोकुलकी ४० वर्षीया दुरीदेवी बडालको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । 

आइतबार दिउँसो घरबाट २ सय मिटर टाढा रहेको सडकमा गिट्टी फुटाइरहेकी बडाललाई भीरबाट  खसेको ढुंगाले चोट लागेको थियो । भीरबाट खसेको ढुंगा उनको मुख र छातीमा लागेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको थियो । घाइते महिलााको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।

घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update