Sagun Khabar
दार्चुलाको एक घरमा आगलागी 

दार्चुला –दार्चुलाको एक घरमा आगलागी भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडा मझगाँउका जयसिंह धामीको घरमा आगलागी भएको हो । 

धामीको २ तले ६ कोठे घरमा विद्युतको तार सर्ट भई सोमवार दिउँसो आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै अछामको साँफेबगर नगरपालिका पातलकोटमा आगलागी भएको छ । भान्सामा बालेको आगो घर र गोठमा सल्किदा १ वटा गाई र २ वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update