Sagun Khabar
दार्चुलामा एक युवती मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा एक युवती मृत फेला परेकी छन् । महाकाली नगरपालिका–२ मैखोलीकी २० वर्षीया युवती निर्मला सितोली आइतवार दिउँसो मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

ती युवती घर नजिकैको पोलीहाउसको भित्र मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update