Sagun Khabar
दार्चुलामा एक महिलाको शव फेला 

दार्चुला –दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ पथरानी रुक्साल खोलामा सोमबार बिहान महिलाको शव फेला परेको हो । 

शैल्यशिखर नगरपालिका –९ बस्कोटकी अन्दाजी ३२ बर्षीया गीता साउँदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शवको प्रकृति हेर्दा उनी भीरबाट खसेको जस्तो देखिएपनि घटनाको कारण भने अझै खुली नसकेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

आइतबार बिहानदेखि सम्पर्कविहिन रहेकी साउँद सोमबार मृत फेला परेकी हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update