Sagun Khabar
फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल  नियुक्त

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त हुनुभएको छ । उहाँ आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ । फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । हिजो एलिजाबेथ बोर्नको राजीनामा स्वीकृत गर्नुभएका फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

एटल यसअघि शिक्षा मन्त्री हुनुहुन्थ्यो । फ्रान्सको संसदमा सकारात्मक प्रभाव पारिरहेका एटलले गठन गर्ने सरकारमा प्रभावकारी व्यक्तिहरू मन्त्रीमा छनाेट हुन सक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । नवनियुक्त प्रधानमन्त्री एटलले अब जुन महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनु हुनेछ ।

#उज्यालोअनलाईन

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update