Sagun Khabar
पनाती पाइसकेका वृद्धवृद्धाको बुढेसकालमा धुमधाम बिहे
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला -दार्चुलामा पनाती पाइसकेका एक दम्पत्तीले  बुढेसकालमा   धुमधाम संग बिहे सम्पन्न भएको  छ । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले बुढेसकालमा धुमधाम संग बिहे सम्पनन गरेका हुन् ।  पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका छन् । दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै विधि पुरा गरेर हिजो घरभित्र सास्कृतिक परम्परासहित बिहे गरेका बताइएको  छ । 

शुक्रबार  बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती  भगतसिंह धामीले जानकारी दिए ।  बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको छ ।  दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update