Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीकी अन्दाजी ३२ बर्षीया थुचा धामी मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

भीरबाट दुईसय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update