Sagun Khabar
बैतडीका एक पुरुष भारतको   मुम्बईमा  बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीका एक पुरुष भारतमा  बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिका  वडा नं २ का ५० वर्षिय हिक्मत राम लोहार भारतको मुम्बईमा बेपत्ता भएका हुन् ।

लोहार ६ दिन देखि बेत्ता रहेका बताइएको छ । केहि दिन पहिले मात्रै रोजगारीको सिलसिलामा  मुम्बई गएका उनि  यहि माघ १२ गते देखि बेपत्ता भएका बेपत्ता हिक्मतका छोरा हिमाल लोहारले बताए । नौकरी खोज्न गएका उनि मुम्बई उत्तम नाका भाएन्द्र  भन्ने  ठाउँबाट   बेपत्ता भएका उनले  बताए ।

साँझबाट सम्पर्क विहिन भएका  उनि अहिले सम्म सम्पर्कमा नआएका  भारतमा रहेका मेलौली कुजागाडका युवा हरिराम पार्की हरपलले बताए । खोजि कार्य जारी रहेपनि सम्पर्कमा नआएका  उनको  भनाई  छ । कमाउन भारतका गएका लोहार  बेपत्ता भएपछि परिवार चिन्तामा परेको छ । बेपत्ता हिक्मतलाई कसैले  भेटेमा ९८३३६५१९६६ र ८०७३२७८३९८ नम्बरमा फोन गरेर खबर गरिदिन आफन्तनहरुले  सबैमा आग्रह गरेका छन् ।  

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update