Sagun Khabar
भारतमा काम गरेर घर फर्किने बेला बेपत्ता भएका थिए भट्ट, ६ वर्ष देखि अत्तोपत्तो छैन् !

बैतडी- बैतडी पुरख्यौली घर भइ हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्दै आएका भट्ट ६ वर्ष  देखि बेपत्ता छन्। कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्दै आएका ४२ वर्षिय पदमराज भट्ट ६ वर्ष पहिले बेपत्ता भएका थिए ।

 भारतको बेंगलोर देखि घर आउने  क्रममा हराएका उनि अहिले  सम्म सम्पर्कमा नआएका  बेपत्ता भट्टका भाइ डम्बर दत्त भट्टले जानकारी दिए । बेंगलोरबाट रेल चढेर नेपाल फर्किरहेका दाईको अहिले सम्म अत्तोपत्तो नलागेको उनले बताए । पुनामा काम गर्ने उनि  बेंगलोर आएका थिए ।

Atrya hospital

बेंगलोरबाट रेलमा चढेर घर फर्किरहेका पदम महाराष्ट्रको  नागपुरबाट सम्पर्क  विहिन भएका उनले बताए ।  पदमका घरमा  श्रीमती, २ छोरी र १ छोरा छन्। घरका सदस्यको पदमराज घर आउने बाटो कुरेर बसेको ६ वर्ष बितेपनि उनि फर्किएका छैनन् ।

कमाउन प्रदेश गएका पदमराज लामो समय सम्म घर नफर्किएपछि घरपरिवार चिन्तामा छ । अहिले पनि सबैजना पदमको घर फर्किने बाटो हेरेर बसेका छन् । उनको खोजिका लागि परिवारले सबैलाई आग्रह पनि गरेको छ ।

भारतमा रहेका सबै नेपालीलाई पदमको खोजि कार्यमा सहयोग गरि दिन  आग्रह गरिएको हो। कसैले उनलाई कहिँकतै भेटेमा भारतीय फोन नम्बर ८४३१५६९४८४ सम्पर्क  गरि दिन  अनुरोध गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update