Sagun Khabar
दार्चुलामा जडीबुटीसहित एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा जडीबुटीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुमति बिना ४ क्विन्टल ६२ किलो पाषणभेद नाम गरेको जडीबुटी जिपमा ल्याइरहेको अवस्थामा मंगलबार साँझ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका–५ मुरैबाट लटिनाथ तर्फ आउँदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडीबुटी फेला पारेको हो । 

उक्त जडीबुटीसहित जिप र जिप चालक मार्मा गाउँपालिका–४ का ३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले बताए । बरामद गरिएको जडीबुटी थप कारवाहीका लागि अपिनाम्पा संरक्षण केन्द्रमा बुझाइने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update