Sagun Khabar
दार्चुलामा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-दार्चुलामा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहीवार बिहान ३ बजेतिर अचानक आगलागी भएको हो।

आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी  १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उक्त आगलागी स्थानिय र प्रहरीको  सहयोगमा नियन्त्रणमा लिइएको  थियो ।  

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update