Sagun Khabar
दार्चुला अस्पतालकी सिनियर अनमी बबितालाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –जिल्ला अस्पताल दार्चुलामा कार्यरत सिनियर अनमी बबिता बिष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बिष्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बिष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update