Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकामा विद्यालय मर्ज गर्न अनुगमनमा तिब्रता

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा विद्यालय अनुगमन तिब्र पारिएको  छ । अगामी शैक्षिक सत्र पूर्व नै विद्यालय समायोजन गर्ने उदेश्यले अहिले अनुगमन तिब्र पारिएको  हो ।  

कक्षा  समायोजनका लागि सामुदायिक विद्यालयहरुको अनुगमन तिब्र पारिएको सुर्नया गाउँपालिका वडा नं  ५ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक केशब बहादुर  विष्टले  जानकारी दिए । अहिले  सम्म ३० विद्यालय  अनुगमन भैसकेका उनले  बताए ।

Atrya hospital

विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरुलाई अगामी शैक्षिक सत्र पूर्व नै समायोजन गर्ने गरि गाउँपालिकाले विद्यालयको अनुगमनमा तिब्रता दिएको सुर्नया गाउँपालिका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले बताए ।  विद्यालयको अवस्था र विद्यार्थी संख्याको  आधारमा विद्यालयहरुको   तह र कक्षा समायोजन गरिने  बताइएको छ । यसले दरबन्दी मिलानका लागि पनि सहज हुने अपेक्षा गरिएको छ ।

सबै  सामुदायिक विद्यालयमा अनुगमन  गरिने र त्यसपछि प्रतिवेदन तयार पारेर कार्यपालिकामा पेश गरिने बताइएको  छ ।  अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यपालिकामा पेश गरेपछि कार्यविधि तयार पारेर समायोजन गरिने गाउँपालिकाले  जनाएको  छ ।  सुर्नया गाउँपालिकामा ३९ ओटा सामुदायिक विद्यालय रहेका छन्। 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update