Sagun Khabar
दार्चुलामा सडकबाट खसेर एक जनाको मृत्यु

दार्चुला-  दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ। व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्नाको बुधवार साँझ मृत्यु भएको हो। ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update