Sagun Khabar
मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण

दार्चुला –दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ । बिहीबार राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।

राति करीब दुई बजेतिर एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए । निवासमै आक्रमण भएपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् । नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको बताइएको छ । घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आक्रमणबाट सरकारी क्वार्टरमा क्षति पुगेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । 

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update