Sagun Khabar
दार्चुलामा देवरानीले कुटपीट गर्दा जेठानी घाइते 

दार्चुला –दार्चुलामा देवरानीले कुटपीट गर्दा जेठानी घाइते भएकी छन् । 

जिल्लाको मार्मा गाउँपालिका–६ मङदाङकी ४० वर्षीया छंकरादेवी डडालले जेठानी नाता पर्ने ६५ वर्षीया भुन्टीदेवी डडालमाथि कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए । 
घरायसी विवादका कारण छंकराले भुन्टीमाथि कुटपीट गरी घाइते बनाएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते भएकी भुन्टीलाई स्थानीय  सामुदायिक स्वास्थ्य ईकाई मङदाङमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ । घाईते भुन्टीको दुबै हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

कुटपीट गर्ने छंकरालाई प्रहरीले नियन्त्रणमा लिएर सिप्टी प्रहरीचौकीमा राखेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update