Sagun Khabar
भीरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घट्टेकसाडका ५३ बर्षीय दलबहादुर धामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

हिजो शुक्रबार नौगाड गाउँपालिकाको सातौँ स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भीरबाट लडेर मृत्यु भएकोे हुनसक्ने प्रहरीले आशंका गरेको छ ।घर नफर्केपछि धामीको खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेका हुन् । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मृतक धामीको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पुर्याइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update