Sagun Khabar
दार्चुलामा चितुवाको छालासहित एकजना पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

 दार्चुला –दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।  मार्मा गाउँपालिका–२ लटिनाथ बजार नजिकबाट चितुवाको जस्तो देखिने २ थान छालासहित नौगाड गाउँपालिका ४ सिप्टीका ३६ वर्षीय शेरसिंह धामी आईतवार साँझ पक्राउ परेका हुन् । 

 प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर,जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको झोलाबाट चितुवाको छाला फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । 

पक्राउ परेका धामीमाथि थप अनुसन्धान प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update