Sagun Khabar
प्रसिद्ध उदयदेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ 

बैतडी –बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा सामूहिक सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । राष्ट्र कल्याण र विश्व शान्तिका लागि सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका अध्यक्ष केशवबहादुर चन्दले बताए । 

सोमबार कलशयात्रा सहित महायज्ञको शुरुवात गरिएको अध्यक्ष चन्दले बताए । महायज्ञमा व्यासाचार्य दिपकराज जोशीले प्रवचन दिइरहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

महायज्ञमा सहभागी भई भगवत प्रसाद ग्रहणका लागि आयोजक सिद्धनाथ उदयदेव धार्मिक विकास समितिले सबैमा आग्रह समेत गरेका छन् । चैत ४ गते सम्म महायज्ञ सञ्चालन हुने आयोजकले जनाएको छ । 

जिल्लामा रहेका प्रसिद्ध धार्मिक स्थलहरुमध्ये उदयदेव मन्दिरलाई लिने गरिएको छ । उदयदेव मन्दिरमा हरेक बर्ष चैत र असोजमा नवरात्रीमा पूजाआजासहित जात्रा हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update