Sagun Khabar
दार्चुलामा प्रहरी कुट्ने मेयरका ड्राइभर प्रकाउ  
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिह धामीको सवारी चालक सुरेशसिह विष्ट बन्टीले प्रहरीमाथी हातपात गरेका छ्न ।जिल्लाको  शैल्यशिखर नगरपालिक ९ स्थित गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा लागेको मेलामा विष्टले प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा माथी हातपात गरेका हुन ।

लागुऔषधका सेवनकर्तालाई चेकजाँच गर्ने क्रममा विष्टले किन अरुलाई यसरी चेकजाँच गरेको भनेर प्रहरीमाथी हातपात गर्दै फिल्मीशैलीमा प्रहरीद्वयलाई कुटपिट गरेका हुन । कुटपिटबाट दुबै प्रहरीको छाती, हात र टाउकोमा चोट लागेको छ । कुटपिट गर्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update