Sagun Khabar
दार्चुलामा जिप दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा जिप दुर्घटना भएको छ ।  जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता दमसैनामा जीप दुर्घटना भएको हो ।

ऐरीछाना रिठाचौपाता धनथला सडकखण्ड अन्तरगत दमशैना भन्ने ठाउँमा लेकम ५ पीड अम्कुरका लबबहादुर बोहराको सुपप्र ०१००१ ज १४८९ नम्बरको जीप दुर्घटनामा परेको  बताइएको छ । बिहिवार  दिउँसो १२ बजेको समयमा जीप दुर्घटना हुँदा धनबहादुर बोहरा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

दुर्घटनाको  कारण खुलेको छैन् । जिप सडकबाट करिब ९० मिटर तल खसेको र दुर्घटना बारे थप अनुसन्धान भैरहेको  प्रहरीले जनाएको  छ । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update