Sagun Khabar
महाकाली नदी किनारमा एक भारतीय नागरिक मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको महाकाली नदी किनारमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–५ नमस्कार भन्दा अलि तल महाकाली नदी नदी किनारमा भारतका २५ वर्षीय प्रेमसिंह नेगीको शव फेला जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भारतको पिथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव बिहीबार दिउँसो फेला परेको हो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्त आएपछि शव पोष्टमार्टम लगायतका अन्य कार्यहरु अघि बढ्ने प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update