Sagun Khabar
दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भीर घाइते भएकी हुन् ।

घर नजिकै बाख्रा चराउने क्रममा भुइँमा लत्रिएको तारबाट तितरलाई करेन्ट लागेको हो । आज (शुक्रबार) दिउँसो १२ बजेतिर करेन्ट लागेर तितराको शरीरको अधिकांश भाग जलेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update