Sagun Khabar
दार्चुलामा भिरबाट लडेर वडा सचिवको  मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा भिरबाट लडेर वडा सचिवको  मृत्यु भएको  छ । मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको हो । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरीले शुक्रबार जानकारी पाएको जनाएको छ। उनी हिजो बेलुकीतिर लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

 घटनाको थप  अनुसन्धान भैरहेको उनले  बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update