Sagun Khabar
दार्चुलाकी एक सुत्केरी महिलाको हवाई उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला–दार्चुलाबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको लेकम गाउँपालिका ३ लाली मकन्नाकी ३६ बर्षीया हरिनादेवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धार गरिएको हो । 

प्रसूती व्याथा लागेकी जोशीलाई रक्तश्रावको समस्या देखिएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको इलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक डम्मरदत्त भट्टले जानकारी दिए । 

प्रसूती व्याथा लागेकी जोशीलाई शनिबार राति १२ बजे लाली स्वास्थ्यचौकीमा पुर्याइएको थियो । प्रसूती व्याथा लागेकी जोशीमा रक्तश्रावको समस्या देखिएपछि उनको हवाई उद्धार गरिएको हो । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update