Sagun Khabar
दार्चुलामा कोदोको बोराभित्र चरेश फेला, दुई जना पक्राउ 

दार्चुला –दार्चुलामा कोदोको बोराभित्र चरेश फेला परेको छ ।

महाकाली नगरपालिका–१ श्रीबगरस्थित दार्चुला–तिंकर सडकखण्डबाट २ किलो ७०० ग्राम चरेशसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का २७ वर्षीय हर्कलाल रानालाई सोमवार साँझ प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ त १३१० नम्बरको ट्याक्टरको ट्रालीमा कोदोको बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा चरेश फेला पारी नियन्त्रणमा लिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त परिमाण चरेश फेला पारेको हो । 

चरेश पठाउने दार्चुलाको व्याँस गाउँपालिका –४ सुनसेराका ५५ बर्षीय जयलाल कुँवरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update