Sagun Khabar
करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाकी कुमारी तितराको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

उनको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई तितरालाई करेन्ट लागेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update