Sagun Khabar
दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका–३ को मानाकोट बस्ने अन्दाजी ४० वर्षीय हरकसिंह नगालको ट्याक्टरबाट खसेर बुधवार राति मृत्यु भएको हो ।

महाकाली नगरपालिका–३ गराखु मानाकोट स्थित मुल्ला बगरबाट बाँज तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार उनको खसेर  मृत्यु भएको  प्रहरीले जनाएको छ । 
प्रहरीले ट्याक्टर चालक महाकाली नगरपालिका–३ बाँजघाट बस्ने २५ वर्षीय भुवनसिंह महरालाई नियन्त्रणमा लिएको  छ ।  घटनाबारे  थप अनुसन्धान भैरहेको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update