Sagun Khabar
दार्चुलाको अपिहिमालमा स्वास्थ्य शिविर, ६ सय ९४ जनाले  सेवा लिए  
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा  सञ्चालन भएको स्वास्थ्य शिविरबाट  झण्डै ७ सय  जनाले  सेवा लिएका छन् ।  सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले  आयोजना गरेको स्वास्थ्य  शिविरमा ६ सय ९४ जनाले सेवा लिएका हुन् । गत चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालित शिविरबाट ६९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका हन्  ।

अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४६५ महिला र २२९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएको अपि हिमाल गाउँपालिकाका कर्मचारी मदनराज जोशीले बताए ।  शिविरमा महिलाको उल्लेख्य सहभागिता थियो । गाउँमै स्वास्थ्य सेवा पाएपछि खुसी लागेको स्थानीय देबकी बोहराले बताउनुभयो । दुर्गम पालिका अपि हिमालमा दुई वटा स्वास्थ्य चौकी र अन्य चार वटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टर सञ्चालनमा छन् ।

१० शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारी रहेको, हालसम्म स्वास्थ्य शिविर आयोजना गरेर सेवा प्रदान गर्दैआएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update