Sagun Khabar
दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको व्यवस्था सुरु
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – चीनसँग जोडिएको तिङ्कर नाका जान दार्चुलाको  व्याँस गाउँपालिकाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पास पाउन थालेका छन् । बन्द भएको चार वर्षपछि अर्थात कोरोना भाइरसको प्रकोपसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिङ्कर नाका बन्द भएपछि यो वर्षमात्रै जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पास जारी हुन थालेको हो ।

हिजोदेखि तिङ्कर नाका जानका लागि पास जारी गर्न थालेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । व्याँसका स्थानीयले प्रशासनबाट बिदाको दिनबाहेक कार्यालय खुलेको दिन तिङ्कर नाका जानका लागि आवश्यक कागजपत्र पेस गरेमा पास जारी हुने प्रशासनले जनाएको छ ।

पास लिएर चीनसँग नाका जोडिएको ताक्लाकोटमा जान पाउने प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका स्थानीय व्यवसायीले नाका खोल्न माग गर्दै आएका थिए । त्यहाँका नागरिकको जीविकोपार्जनसँग जोडिएको मुख्य नाका बन्द हुँदा समस्या भएकामा अब सहज हुने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update