Sagun Khabar
बैतडीका एक युवकको मलेसियामा मृत्यु 

बैतडी –बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ ।  जिल्लाको मेलौली नगरपालिका वडा नं. १ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । 

नायकले सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर नायक मृत्यु भएको उनका आफन्त नरेशसिंह नेगीले जानकारी दिए । 

Atrya hospital

वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ बर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । नायकको शव नेपाल ल्याउन अहिले पहल भइरहेको नेगीले बताए ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिपको उतै मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update