Sagun Khabar
बैतडीको पाटनमा एक पुरुष मृत फेला 
Atrya hospital

बैतडी – डडेल्धुराका एक पुरुषको बैतडीको पाटनमा शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका–६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ का अन्दाजी ५० बर्षीय रुपक जैरुको शव फेला परेको हो ।

पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्कमा रहेका थिएनन् । उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा आफन्त नपुगेकाले प्रहरीले शवलाई घेराहालेर राखेको छ । सिलाई सेन्टरका संचालकलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसान्धन भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update