Sagun Khabar
दनपाका प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीको सरुवा भएको छ । उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । 

सरुवा भएपछि जोशी रमना लिएर दनपाबाट शनिबार गइसकेका छन् । गएको माघ १५ गतेदेखि दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत जोशीको ५ महिना नपुग्दै सरुवा गरिएको हो । 

Atrya hospital

आर्थिक बर्षको अन्त्यतिर प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा भएपछि नगरपालिकामा आर्थिक तथा प्रशासनिक कामहरुमा बाधा पर्ने देखिएको छ । मन्त्रालयले सरुवा गरेपछि आफू नगरपालिकाबाट रमाना लिएर गइसकेको जोशीले बताए । 

जोशीलाई गृहमन्त्रालयबाट गएको पुस १२ गते दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । 

जोशीले यसअघि मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।  

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुबीच कुराकानी नमिल्दा धेरै समय कर्मचारी टिक्न सकेका छैनन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update