Sagun Khabar
भारतीय प्रधानमन्त्री मोदीद्वारा तेस्रो कार्यकालका लागि शपथ, ७२ सदस्यीय मन्त्रिपरिषद गठन

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा हिजो मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन् । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् ।  प्रधानमन्त्री मोदीले शपथ लिएपछि यसअघि रक्षामन्त्री रहेका  राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह,  नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

Sukkha falful bikas kendra
स्वास्थ्य सन्देश
Atrya hospital

प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरुमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् ।  

नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलो पटक  र २०१९ मा दोस्रो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए ।

यसपटक नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, भारतीय जनता पार्टी भाजपा एक्लैले भने बहुमत ल्याउन सकेन ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update