Sagun Khabar
बैतडीमा एक घरको गोठमा आगलागी, १ लाख बढीको क्षति 

बैतडी–बैतडीमा एक घरको गोठमा आगलागी भएको छ । 

जिल्लाको सुर्नया गाउँपालिका –३ डुङरीका हिक्मत ऐरीको ढुंगा, माटो र काठले बनेको दुईतले घरको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

सोमबार राति विद्युतको तार सर्ट भई गोठमा आगलागी हुँदा ऐरीले पालेको एक खसी मरेको छ भने आगलागीका कारण काठ, खर लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । 

आगलागीबाट मानवीय क्षति नभएपनि १ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update