Sagun Khabar
चार लाख १२ हजार घुस रकमसहित शैल्यशिखरका दुई जना कृषि प्राविधिक पक्राउ

दार्चुला –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार घुस रकमसहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनीहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनीहरुको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद भएको अख्तियारले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update