Sagun Khabar
पाकिस्तानमा भूकम्प : कम्तीमा २० जनाको ज्यान गयो, २ सय बढी घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – पाकिस्तानको बालोचिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको छ । बिहीबार बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको ज्यान गएको र दुई सय बढी घाइते भएका त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक नासिर नसिरको भनाइलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

यस्तै अमेरिकी भूगर्भ सर्वेक्षणले बालाेचिस्तान प्रान्तकाे क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्रमा भूकम्पको इपिसेन्टर रहेको र इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको जनाएको छ । भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् भने सयौँ बढी नागरिक घरबारविहीन भएका छन् । यस्तै ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update