Sagun Khabar
गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट माग 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग माग गरेको छ ।

आइतबार बसेको शैल्यशिखर नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अक्सिजन प्लान्ट अत्यावश्यक भएकोले मन्त्रालयसंग अक्सिजन प्लान्ट जडान गर्न आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

नगर स्तरिय विपद् व्यवस्थापन समिति संयोजक एवं नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको बैठकले बजेट माग गर्ने निर्णय गरेपछि आइतबार नै नगरपालिकाले विभिन्न सरोकारवालाहरुलाई बोधार्थ सहित मन्त्रालयलाई बजेट मागको पत्र पठाएको छ ।

नगरप्रमुख धामीद्धारा हस्ताक्षरित मन्त्रालयलाई पठाइएको सिफरिस पत्रमा कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट संक्रमित बिरामीहरुको लागि आवश्यक पर्ने अक्सिजन आपुर्तीको लागि शैल्यशिखर नगरपालिका अन्तरगत रहेको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अनुरोध गरिएको छ ।

उक्त पत्रको बोधार्थ नेपाल सरकार गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढी, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई समेत पठाइएको नगरपालिकाका कम्प्युटर अपरेटर विनोदसिंह धामीले बताए ।

गोकुलेश्वर अस्पतालमा शैल्यशिखर नगरपालिकाका साथै अपिहिमाल, मार्मा, नौगाड, मालिकार्जुन र लेकम गाउँपालिकाका बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् ।

यस्तै बैतडीको डिलाशैनी र दोगडाकेदार गाउँपालिका तथा बझाङको बुङ्गल नगरपालिकाका बिरामीहरु समेत उपचारका लागि आउने गरेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update