Sagun Khabar
दार्चुलाको लेकममा भाइरल ज्वरोको प्रकोप 

दार्चुला –दार्चुलाको लेकम गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँपालिकाको सबैजसो वडाका विभिन्न गाउँमा मौसमी भाइरल ज्वरो फैलिएको छ ।ज्वरोले गाउँभरीका अधिकासं घरमा बिरामी परेको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका देबराज जोशीले बताए ।

मैखोली मात्र नभएर दार्चुलाका दर्जनौँ गाउँहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । एउटै घरमा दुई तीन जना समेत बिरामी परेका छन् । तीन हप्ता पहिले देखि फैलिएको भाइरल ज्वरोका कारण अधिकासं मानिसहरु बिरामी परेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

शरीर दुख्ने, कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खाना निल्न कठिनाई हुने, बान्ता हुने लक्षण रहेको ज्वरोका बिरामी दैनिक रुपमा स्वास्थ्य संस्थाहरुमा समेत पुग्ने गरेको स्वास्थ्यकर्मी पुष्करराज जोशीले बताए । उनका अनुसार एक सय १ डिग्री भन्दा बढी ज्वरो आएका बिरामी अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालको औषधीले ज्वरो कम भएपनि शरीर दुख्ने, टाउको दुख्ने र बान्ता हुने क्रम नरोकिएको बिरामीहरुले बताएका छन् । ज्वरोका कारण खाना खान मन नलाग्ने भएकोले बिरामी परेका मानिसहरु ज्वरो निकै भएपछि समेत निकै कमजोरी महसुस गरिरहेका छन् ।

स्वास्थ्य संस्थाहरुमा सबै प्रकारको औषधी समेत उपलब्ध नरहेको र कोरोना संक्रमणको डरले अस्पतालहरुमा जान समेत समस्या भइरहेको बिरामीहरुको गुनासो छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update