Sagun Khabar
अछाममा श्रीमतीलाई बलात्कार  गर्ने श्रीमानलाई साढे तीन वर्ष कैद

अछाम–अछाममा गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार  गर्ने युवकलाई साढे तीन वर्ष कैदको फैसला भएको छ ।

२०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । उच्च अदालत दीपायलले बैवाहिक बलात्कारका आरोपित श्रीमानलाई तीन बर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी  पीडितका साक्षीका रुपमा छिमेकीहरुले बयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।

सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै कैदको फैसला गरेको हो । ०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितका श्रीमानलाई सफाइ दिएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update