Sagun Khabar
दार्चुलामा एकैदिन थप ६९ जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-दार्चुलामा मंगलबार एकै दिन ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट ११ जना र पिसिआर परिक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एन्टीजेन परिक्षणमा माहाकाली नगरपालिकाका ८ जना, मालिकार्जन गाउँपालिकाका १ जना र व्यास गाउँपालिकाका २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पिसिआर परिक्षणमा अपिहिमाल गाउँपालिकाका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका सहित जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ७० पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update