Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा २५ बेडको आइसोलेसन सेन्टर 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले २५ बेडको आइसोलेसन कक्ष तयार पारेको छ । कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि उनीहरुको व्यवस्थापनका लागि आइसोेलेसन निर्माण गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले जानकारी दिए । 

नगरपालिकाको पुरानो भवनमा अक्सिजन सहितको व्यवस्था हुने गरेर आइसोलेसन निर्माण गरिएको उनले बताए । 
आइसोलेसन कक्षमा अक्सिजन, शौचालय, खानेपानी लगायत आवश्यक पुर्वाधारको व्यवस्थापन गरिएको नगरप्रमुख धामीका स्वकीय सचिव सुरेश बिष्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना भाईरसको उपचार, रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन कक्ष निर्माण गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए । अब संक्रमितहरुलाई आइसोलेसनमा बसाउने र आवश्यकता अनुसार बेड थप्ने उनले बताए । 

शैल्यशिखरको गोकुलेश्वर अस्पतालमा यसअघि ४ बेडको आइसोलेसन सञ्चालनमा रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update