Sagun Khabar
केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकि छिन् । 

संविधानको धारा ७६ ९३० अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि प्रधानमन्त्री ओलीले गएको वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकी स्वतः पदमुक्त भएका थिए । त्यसपछि तीन दिनमा बहुमतको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरे पनि कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

आज दिउँसो पद तथा गोपनीयताको शपथ हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update