Sagun Khabar
प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्रिपरिषदमा पुरानै मन्त्री

काठमाण्डौं –नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। 

स्वास्थ्य सन्देश
Atrya hospital

संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समयमा कसैको दाबी नपरेपछि ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेका हुन्।

यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन्। यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन्। 

प्रधानमन्त्री ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन्। सपथ लिने मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।  

त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन्। ​राज्यमन्त्रीहरू नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्री र राज्य मन्त्रीहरुले यसअघिकै मन्त्रालयको जिम्मा पाएका छन्।

-थाहा खबरबाट 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update