Sagun Khabar
दार्चुलाबाट एक संक्रमित महिलालाई डडेल्धुरा रेफर गरियो 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाबाट कोरोना भाइरस संक्रमित एक महिलालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ । जिल्लाको महाकाली नगरपालिका ५ की ३८ वर्षीया कोरोना संक्रमित महिलालाई फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको हो ।

जिल्ला अस्पताल दार्चुलाका अनुसार उहाँमा न्युमोनियाको समस्या देखिएको छ । ९ जना संक्रमितहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update