Sagun Khabar
दार्चुलामा जेठ १० गते सम्म निषेधाज्ञा जारी रहने
स्वास्थ्य सन्देश
Atrya hospital

 दार्चुला-दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबारदेखि जेठ १० गते सम्म निषेधाज्ञाको समय थप गरेको हो ।

यसअघि वैशाख मसान्त सम्म निषेधाज्ञा जारी गरिएकोमा संक्रमणको दर बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  ।

जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार निषेधाज्ञाको समय थप गरिएको उनले बताए । निषेधाज्ञाको समयमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update