Sagun Khabar
दार्चुलामा महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति 
फाइल फोटो

दार्चुला –महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो ।

महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए  । अहिलेसम्म अनुमानित १५÷२० लाख बराबरको क्षति भएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

विसं २०७० को बाढीपछि नदी नियन्त्रण आयोजनाले पहिलो चरणमा खलङ्गाको नमस्कारबाट बङ्गाबगडसम्म तटबन्ध निर्माणको काम शुरु गरेको थियो । दोस्रो चरणमा खलङ्गा बाहिरका क्षेत्रमा निर्माण काम भइरहेको हो।

श्रीवगडमा पनि बाढीले क्षति गरेको थियो। सो क्षेत्रमा तटबन्ध निर्माणदेखि तातोपानी धार्मिक क्षेत्र जोगाउने गरी तटबन्ध निर्माण भइरहेको थियो ।

निरन्तर वर्षा र भारतले धौलीगङ्गा परियोजनाको ड्याम खोलेका कारण आयोजनाको तटबन्धमा क्षति पुगेको हो ।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update