Sagun Khabar
दार्चुलामा कोरोना जित्नेको संख्या १६६ पुग्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा शनिबार १६ जनाले कोरोना जितेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म जिल्लामा १ सय ६६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुजन बोहराले जानकारी दिए ।

शनिवार दार्चुलामा एक जनामा मात्रै संक्रमण देखिएको छ । खलंगा पुलघाटमा गरिएको एन्टिजेन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको बोहराले बताए ।

शनिवार एकजना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय २५ पुगेको छ ।  जिल्लाका सबै स्थानीय तहमा गरी तीन सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update